जोडिनुहोस
  • होमपेज
  • इन्डोनेसियाको कारागारबाट भागे ५३ बन्दी

इन्डोनेसियाको कारागारबाट भागे ५३ बन्दी

जकार्ता । इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागेका छन् । पूर्वी इन्डोनेसियाको दक्षिणपश्चिम पपुवा प्रान्तको सोरोङमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे कारागारबाट ५३ जना कैदी भागेको अधिकारीहरूले बताएका छन् ।

फरार कैदीहरूलाई पुनः पक्राउ गर्न प्रहरीले सोरोङ शहर बाहिरको नाका बन्द गरेको छ । ‘हामीले भागेका कैदीहरूको तथ्यांक संकलन गर्दै सोरोङ शहर, बन्दरगाह र विमानस्थल बाहिरका सडकहरूका नाका पनि बन्द गरेका छौँ,’ युदियान्टोले आइतबार भने । युदियान्टोले भागेका कैदीहरू सामान्य अपराध र लागुऔषध मुद्दामा संलग्न रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका