Mon May 16 2022
अन्तर्राष्ट्रिय

नेपाल र युगान्डाविरुद्धको सिरिजमा दर्शकले निशुल्क प्रवेश पाउने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा दर्शकले निशुल्क प्रवेश पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाल र युगान्डाबीचको सिरिजमा दर्शकका लागि प्रवेश शुल्क नराखिएको जनाएको छ ।

नेपालले टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध पाँच खेलको सिरिज खेल्नेछ ।  सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।

नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ । दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।

यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।

No description available.