जोडिनुहोस
  • होमपेज
  • चितवन  विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा

चितवन  विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा

चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन नबन्दा सेवाग्राही मर्कामा परेका छन् । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रेका छन् । अहिले एउटा एसी चार्जर मात्र सञ्चालनमा रहेको छ ।

एसी चार्जरबाट गाडी चार्ज गर्दा ढिलो हुने गाडी चार्ज गर्न आउनुभएका गोरखाका ध्रुव गुरुङले बताउनु भयो । चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले एसी चार्जरबाट चार्ज गर्दा घण्टौँ कुर्नुपर्ने समस्या रहेको बताउनुभयो । उहाँले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको बताउनुभयो ।

बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्योु, उहाँले भन्नुभयो, अहिले त दुई तीन घण्टा कुर्नुपर्छ । उहाँले सरकारले विद्युतीय गाडी प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताउनुभयो ।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताउनुभयो । उहाँले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एकरदुई दिनमै आउने बताउनुभयो ।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताउनुभयो । उहाँले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल शुरु गरिने जानकारी दिनुभयो ।

उहाँले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताउनुभयो । उहाँले गाडी चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताउनुभयो । चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका