काठमाडौं । जर्मन बुन्डेसलिगा २०२१/२२ को सिजन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका छन् ।
च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की ३५ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।
लिगको अन्तिम खेलमा शनिबार उल्फ्सवर्गविरुद्ध एक गोल गर्दै उनले आफ्नो गोल संख्या ३५ पुर्राएका हुन् ।
पोल्याण्डका ३३ वर्षीय फरवार्ड लेवान्डोस्की लगातार पाँचौं सिजन सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले समग्रमा सातौं पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।
लेवान्डोस्कीले यस सिजन बायर्नलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले ।