Mon May 23 2022
देश

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

नुवाकोटको दुप्चेस्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

वडा नम्बर १ बाट माओवादीका सीताराम तामाङले ६८८ मत प्राप्त गरी विजयी हुन् भने वडा नम्बर २ मा समेत माओवादी केन्द्रकै बीरबल तामाङले ७७५ मत पाएर विजयी भएका छन् ।

तामाङको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले ७०१ मत प्राप्त गरेका छन्।  यी दुई वडामा अध्यक्षसहित अन्य सदस्यहरूमा समेत माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

यता गाउँपालिकाको प्रमुख र उपप्रमुखमा समेत माओवादी केन्द्रकै उम्मेदवारहरूले लिड गरिरहेका छन् ।