Mon May 16 2022
अन्तर्राष्ट्रिय

आईपीएलमा आज दुई खेल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन् ।

मुम्बईमा हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङस र शीर्ष स्थानको गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

चेन्नई आज पाँचौं जितको खोजीमा रहेको छ। चेन्नई १२ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

गुजरात १२ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातले प्ले अफमा स्थान पक्का गरिसकेको छ ।

चेन्नईलाई हराएर गुजरात शीर्ष स्थानको अग्रता थप फराकिलो गर्न चाहन्छ ।

यस अघिको भेटमा गुजरातले चेन्नईलाई ३ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ ।

आज लखनउ जित निकाल्दै शीर्ष स्थानको गुजरातविरुद्ध दबाब सिर्जना गर्न चाहन्छ ।

लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै राजस्थान पनि लखनउलाई हराएर दोस्रो स्थानमा उक्लने योजनामा रहेको छ ।

राजस्थान १२ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस अघिको भेटमा राजस्थानले लखनउलाई ३ रनले हराएको थियो ।