Thu May 19 2022
प्रदेश

जनकपुरधाम–२ मा काँग्रेसको प्यानल विजयी

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । सो वडामा काँग्रेसका शिवकुमार साह ६११ मत  ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका छन् ।

त्यस्तै काँग्रेसबाटै महिला सदस्यमा सितादेवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरीदेवी मुखिया ५५३, सदस्य अमितकुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ ।

यसअघि वडा नम्बर १ मा पनि काँग्रेस नै निर्वाचित भएको छ ।