Fri May 27 2022
देश

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा एमाले विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं १ मा काजीबाबु ज्ञवाली विजयी भएका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी प्यानलसहित विजयी बनेका हुन् । ज्ञवालीले ९७१ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशराज पन्थीले ९२९ मत प्राप्त गरेका थिए ।