Thu May 19 2022
देश

धरान उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता

धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । ५ हजार ६०७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले २ हजार ८४९ मत पाएका हुन् ।

उनी काँग्रेसबाट उम्मेदवार भएका हुन् । मेयरमै स्वतन्त्र उम्मेदवार हर्कराज राईले एक हजार ९९३ मत पाएका छन् । एमालेकी मञ्जु भण्डारी एक हजार ४३६ मतसहित तेस्रो स्थानमा छिन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्र बेघा २ हजार ९७९ मतसहित अग्रस्थानमा छन् भने एक हजार ८९१ मत ल्याएका एमालेका पदम इस्बो लिम्बुले उनलाई पछ्याइरहेका छन् ।