Mon May 16 2022
Breaking News

भरतपुरको विवाद समाधान, मतगणना सुरु

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ।  मतगणनास्थल  अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो ।

सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए ।

यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको  थियो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध गरिएको थियो ।

करिब १५–२० मिनेट रोकिएपछि अहिले पुनः गणना थालिएको छ ।