जोडिनुहोस
  • होमपेज
  • तीन करोड रकम भुक्तानी नहुँदा रोकियो खानीखोला अस्पताल निर्माणको काम

तीन करोड रकम भुक्तानी नहुँदा रोकियो खानीखोला अस्पताल निर्माणको काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शैंयाको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ । विसं २०७८ असार २९ गते एक वर्षमा सक्ने गरी भवन बनाउन सम्झौता गरिएको थियो ।

अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा नपाएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ’, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भने । उनका अनुसार कच्ची सडक वर्षायाम वा अन्य कारण सडक बन्द हुँदा ‘एम्बुलेन्स’ जान सक्दैन र नजिकै अस्पताल छैन ।

उनले भने, ‘बिरामी हुँदा मर्नुको विकल्प छैन, यहाँका नागरिकले आधारभूत अस्पताल र सडकका कारण दैनिक भोग्नुपरेका समस्यामा सङ्घीय सरकार र प्रदेश सरकारले पर्याप्त चासो दिएको छैन ।’ निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुईतला बनेपछि अवरुद्ध भएको हो । उक्त अस्पताल निर्माण बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने अध्यक्ष थिङको भनाइ छ ।

चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित रु तीन करोड बजेट अझै निर्माण व्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकिएको हो । उनका अनुसार चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदामात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन्छ ।

तत्कालीन ९नेकपा० नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्राथमिकतामा राखेसँगै तालढुङ्गा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्नेगरी १० शैंयाको अस्पताल निर्माण सुरु गरिएको थियो । तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि रु १२ करोड ५४ लाखमा सम्झौता गरेको थियो । निर्माण व्यवसायीलाई कार्यसम्पन्न गरेका आधारमा रु दुई करोड ५० लाख भुक्तानी गरिएको जनाएको छ ।

पहाडी क्षेत्र भएका कारण खानीखोलाबाट सदरमुकाम आउने कच्ची सडक सामान्य वर्षामा पनि अवरोध हुने गर्दछ । खानीखोला मकवानपुर जिल्लाबाट नजिकै भए पनि वाग्मती खोलामा विसं २०७३ मा ठेक्का लगाइएको पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ छ । उक्त गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागू नहुँदा छिमेकी महाभारत गाउँपालिकामा ल्याई सुत्केरी हुन नसकेका महिलाको उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका