Sun Jul 3 2022
देश

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सापकोटाको सचिवालयका अनुसार सभामुखले संसद भवनको शंकर हलमा बस्नेगरी संघीय संसद प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।

मंगलबार नै प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक मंगलबार चार बजेका लागि बोलाइएको छ ।  सभामुख सापकोटाले सोमबार संघीय संसदको बजेट अधिवेशनको तयारीका सन्दर्भमा संसद भवन कक्षको अवलोकन गरेका हुन् ।