जोडिनुहोस
  • होमपेज
  • रितको कप्तानीमा बागमतीको टिम घोषणा, शरद टोलीमा परेनन्

रितको कप्तानीमा बागमतीको टिम घोषणा, शरद टोलीमा परेनन्

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशले कप्तानी रित गौतमको कप्तानीमा टिम घोषणा गरेको छ । १४ सदस्यीय टोलीमा बागमती छनोटमा काठमाडौंको कप्तानी गरेका शरद भेषावकर टिममा छैनन् । टिममा आशुतोष घिरोइया, इशान पाण्डे, विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य छन ।टिमको प्रशिक्षकमा कलाम अली र टेक्निकल एनालिस्टमा राजन शाह छन । बागमतीले प्रधानमन्त्री कपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पुस २८ मा त्रिवि मैदानमा खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका