Wed Jun 29 2022
अन्तर्राष्ट्रिय

नेपाल युगान्डासँग १२ रनले पराजित

काठमाडौं । पहिलो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल पाहुना टोली युगान्डासँग पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।

युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन ।

May be an image of 2 people, people standing, people playing sports and grass

डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भईन् । कप्तान रुबिना क्षेत्री ९ रनमा आउट हुँदा ज्योति पाण्डेले ६ रन जोडिन । रोमा थापा ५, कविता जोशी ४ तथा अप्सरी बेगम १ रनमा आउट भईन् ।

कविता कुँवर ११ रनमा अविजित रहदा अश्मिना कर्माचार्य सुन्य रनमा आउट भईन् ।

युगान्डाकी कोन्सी अवेको र सारा एकीटेङले २/२ विकेट लिए । रिता मुसामाली र जनेट एमबाबाजीले १/१ विकेट लिए ।

No description available.

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाईन् । रिता एनयागेन्गोले १८ रन बनाईन् ।

रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे सुन्य रनमा आउट भईन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिईन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक एक विकेट झारिन्।

यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले भोलि मंगलबार युगान्डासँग दोस्रो खेल खेल्नेछ ।

यस्तै नेपाल र युगान्डाबीचको तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ। चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।