जोडिनुहोस
  • होमपेज
  • देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको क्षति

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ, कैलाली र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका(७ पुरानागाउँ बस्ने तुलसीराम चौलागाईको मतान घरमा मंगलबार राति आगलागी हुँदा नजिकै रहेको उनको घर र २ वटा मतान घरमा समेत आगलागी भएको थियो ।

घर, मतान घर, नगद २ लाख ५० हजार रुपैयाँ लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, ४५ वटा बाख्रा समेत जलेर करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका(१३ एकता टोलस्थित जंग बहादुर चौधरीको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब २ हजार ५ सय वटा बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा पूर्णरूपमा
जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका(२ बाह्रबिघे बस्ने देबु सदाको घरमा मंगलबार दिउँसो आगलागी भई आगो फैलिएर सँगै रहेको कुखुरा फर्ममा समेत आगलागी हुँदा घर, घरमा रहेको सरसामान र कुखुरा फर्म समेत जलेर करिब ४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ । साथै यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका