Mon Jul 4 2022
देश

रामेछापको गोगुकलगंगामा अध्यक्ष र उपाध्यक्ष काँग्रेसका विजयी

रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।  यो पालिकामा अध्यक्ष र उपाध्यक्षमा क्रमश काँग्रेसका काजीबहादुर खड्का र उषादेवी कार्की निर्वाचित भएका हुन् ।

खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४७१० मत ल्याएका छन् । उपाध्यक्षमा कार्कीले ५ हजार २ सय ५३ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मतमात्र ल्याइन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा गोकुलगंगामा एमालेबाट खड्ग सुनुवार र राधिका श्रेष्ठ निर्वाचित भएपनि यो पटक एमालेले गुमाउन पुगेको छ ।