Mon Jul 4 2022
अन्तर्राष्ट्रिय

दोस्रो टी-ट्वान्टीमा नेपाल र युगान्डा भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मंगलबार दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदान टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल आज युगान्डालाई हराएर पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।

युगान्डा भने नेपालविरुद्ध लगतार दोस्रो जित निकाल्न चाहन्छ । पाँच खेलको सिरिजमा युगान्डा १-० ले अघि रहेको छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले बिहीबार तेस्रो टी-ट्वान्टीमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दुई टोलीबीचको चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।