जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने

प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने

प्रधानमन्त्री प्रचण्डले युगान्डा भ्रमण गर्नु हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय आज सिंहदरबारमा सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।

प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनु हुनेछ ।

त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका