जोडिनुहोस
  • होमपेज
  • सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा

सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा

काठमाडौं।बलात्कारीको आरोपमा दोषी ठहर भएका सन्दीप लामिछानेले राष्ट्रिय टीमबाट नखेल्ने घोषणा गरेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् । उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले जनाएको छ ।

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुन्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टीमबाट म अलग्गिएको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् । यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् ।

उनले आफू काठमाडौं अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि फेरि माथिल्लो अदालतमा जाने समेत बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका