जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय फलको रुपमा सुन्तलालाई घोषणा गर्ने तयारीमा सरकार

राष्ट्रिय फलको रुपमा सुन्तलालाई घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय फलफुलको रुपमा सुन्तलालाई घोषणा गर्ने तयारी गरेको छ । पौष २४ गते मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषाण गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषाण गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।

कृषिमन्त्री डा। बेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रमा लगानी दशक घोषणाको तयारीका सन्दर्भमा छलफल भएको मन्त्रालयले जनाएको छ । वर्तमान सरकारको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका