Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

युगान्डाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।

नेपाल आज युगान्डालाई हराएर पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।

युगान्डा भने नेपालविरुद्ध लगतार दोस्रो जित निकाल्न चाहन्छ । पाँच खेलको सिरिजमा युगान्डा १-० ले अघि रहेको छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले बिहीबार तेस्रो टी-ट्वान्टीमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दुई टोलीबीचको चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।