काठमाडौं । दोस्रो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले पाहुना टोली युगान्डालाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनायो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन जोडिन । सरिता मगरले २२ रन जोडिन ।
डोली भट्ट १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री ९ रनमा अविजित रहिन् ।
सिता राना मगर ६, इन्दु वर्मा ५ र अप्सरी बेगमले ३ रन जोडिन । कविता जोशी सुन्य रनमा आउट भईन् ।
युगान्डाको वलिङमा जानेत बाबाजीले सबै भन्दा धेरै २ विकेट लिइन् । इभेलेन एनपियो, कोन्की अवेको, रिता मुसामालीले समान एक विकेट लिए ।