Sun Jul 3 2022
मुख्य खबर

हामी नेपालद्वारा ‘घोपा बचाउ अभियान’ धराने युवालाई हस्तान्तरण

काठमाडौं । हामी नेपाल संस्थाले ‘घोपा बचाउ अभियान’ को नेतृत्व धराने युवाहरुलाई हस्तान्तरण गरेको छ । हामी नेपालले आगामी आन्दोलन धराने युवाहरुको नेतृत्व हुने गरी आज ९मंगलबार०बाट हस्तान्तरण गरेको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितता, भ्रष्टचार, बेथितीकोे विरुद्धमा धराने युवाहरु लामो समयदेखि प्रदर्शनमा उत्रिएका छन् । यसैबीच हामी नेपालले ‘घोपा बचाउ अभियान’को आह्वान गरी धरानबासीलाई आन्दोलनमा साथ दिदै आइरहेको थियो ।

गत चैत्र २९ गते देखि जेष्ठ २ गतेसम्म हामी नेपालको अगुवाईमा विभिन्न मागहरु राख्दै युवाहरुले प्रदर्शन गर्दै आइरहेको थियो । धरानमा सीमित विरोध प्रर्दशन हामी नेपालकै नेतृत्वमा काठमाडौंको माइतीघरमा समेत भएको थियो ।

आगामी दिनमा हामी नेपालले घोपा बचाउ अभियानमा संस्थागत रुपमा नेतृत्व नगरेता पनि धराने जनताको हक र हितका लागि व्यक्तिगत हिसाबले लड्ने प्रतिवद्धता जनाएको छ ।