Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

आईपीएल : हैदरावाद विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले जित निकालेको छ । मुम्बईमा मंगलबार राति भएको खेलमा हैदरावादले मुम्बई इण्डियन्सलाई ३ रनले हराएको छ ।

हैदरावादले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९० रन बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाए । टिम डाभिड ४६ रनमा आउट भए ।

May be an image of 1 person and playing a sport

यस्तै इशान किशनले ४३ रन जोड्दा डानिल साम्सले १५ रन जोडे । रमनदीप सिंह १४ रनमा अविजित रहे ।

हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । वासिङ्गटन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

हैदरावादका लागि राहुल त्रिपाठीले ७६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै प्रियम गार्गले ४२ रन जोड्दा निकोलस पुरनले ३८ रन जोडे ।

May be an image of 4 people

मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । जस्प्रित बुम्राह, डानिल साम्स र रिले मेरीदिथले १/१ विकेट लिए ।

हैदरावादको यो छैटौं जित हो । जितसँगै हैदरावादले १३ खेलमा १२ अंक जोडेको छ । हैदरावाद आठौं स्थानमा रहेको छ । मुम्बईको यो दशौँ हार हो ।

मुम्बई १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

May be an image of 3 people, people playing sports, people standing and text