जोडिनुहोस
  • होमपेज
  • एपिएफलाई पराजित गर्दै पुलिसलाई पुरुष भलिबलको उपाधि

एपिएफलाई पराजित गर्दै पुलिसलाई पुरुष भलिबलको उपाधि

एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सेट जितेको एपिएफमाथि पछिल्लो ३ सेट जित्दै पुलिसले उपाधि आफ्नो नाममा गरेको हो । एपिएफमाथि २२–२५, २५–१९, २५–१८ र २५–२३ ले जित्दै पुलिसले च्याम्पियनमा आफ्नो नाम सारेको हो । नवौं राष्ट्रिय खेलकुदको उपाधी विजेता एपिएफ प्रतियोगिताभर अपराजित रहे पनि फाइनलमा हार्दै उपविजेतामा सिमित बन्यो । समुह ए मा रहेका यी दुवै टिममध्ये एपिएफ लिग चरणमा समुह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । त्यस्तै पुलिस भने उपविजतोको रुपमा आएको थियो । लिग चरणमा एपिएफसँग हारेको पुलिसले उपाधी जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस अघि आज भएको तेस्रो स्थानको खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका