Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

आईपीएल : कोलकत्ता र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

कोलकत्ता आज जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।

कोलकत्ता १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लखनउ पनि कोलकत्तालाई हराएर प्ले अफ नजिक पुग्न चाहन्छ ।

लखनउ १३ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा समेत रहेको छ ।

यस अघिको भेटमा लखनउले कोलकत्तालाई हराएको थियो । पुनेमा भएको खेलमा लखनउले कोलकत्तालाई ७५ रनले हराएको थियो ।