जोडिनुहोस
  • होमपेज
  • आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यतापूर्वक मनाइदैँ

आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यतापूर्वक मनाइदैँ

काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

आज पृथ्वीजयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन् ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए ।

गत बर्षदेखि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका