Sun Jul 3 2022
देश

मतपत्रमै मतदाताको आक्रोश : ‘चोर नेताहरूलाई नो भोट’

हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले  मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।