जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न

राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।

आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोगका अनुसार ५२ जनाको उम्मेदवारी परे पनि एक जनाको उम्मेदवारी शुक्रबार फिर्ता भएको छ ।

लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ । यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका