Wed Jun 29 2022
अन्तर्राष्ट्रिय

युगान्डाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । युगान्डाले सुरुआतमा बलिङ गर्नेछ ।

नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ ।

पाँच खेलको सिरिजमा युगान्डा २-० ले अघि रहेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।

यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो । त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको बिकल्प छैन ।

यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।