जोडिनुहोस
  • होमपेज
  • इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट

इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट

ठमाडौं । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार एकपछि अर्को गरी दर्जनौँ विस्फोटन भएका छन् ।

एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ ।

रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ ।

एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार बम विष्फोटमा चार जनाको मृत्यु भएको छ ।

यद्यपी यस बम विष्फोटमा कुनै अमेरिकी सेनालाई क्षति भने भएको छैन ।

रिभोलुसनरी गार्डले इराकको एर्बिल एयरपोर्ट नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ ।

हमलापछि एर्बिल एयरपोर्ट बन्द गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका