काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा नायकीय स्वागत भएको छ ।
राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्यान्डका यी चर्चित गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत सर्वोच्च शिखर आरोहण गरेका थिए ।
उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्यूटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए ।
हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफू अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।