Sun Jul 3 2022
मुख्य खबर

थप १२ जनामा कोरोना संक्रमण

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४७ वटा एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ३८ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।