जोडिनुहोस
  • होमपेज
  • हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन

हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन

शिजियाझुआङ। खानाको अभाव टार्न र हिउँदे चिसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको सङ्केत गरेको छ ।

‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भन्नुभयो, “ मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र र पर्याप्त खाद्य स्रोतहरूको कारण हालैका वर्षहरूमा हेङशुई तालमा हिउँद बिताउन आउने दुर्लभ चराहरूको सङ्ख्या बढ्दै गएको छ ।”

“यी चरामध्ये १० हजारभन्दा बढी जल हाँस हेङशुई तालमा भेटिएका छन् । जाडो यामपछि उनीहरू दक्षिणतिर बसाइँ सर्नेछन्,” झाङले भन्नुभयो ।

उत्तरी चीनको समतल भूमिमा रहेको सबैभन्दा ठुलो ताल, वरपरको सिमसार, चउर र जङ्गलले घेरिएको हेबेईको हेङगशुई सहर नजिकै रहेको उक्त ताल चीनको राष्ट्रिय प्रकृति संरक्षण केन्द्र हो ।

यो पूर्वी एसियाली तथा अष्ट्रेलियाली आकाश मार्गबाट आउने प्रवासी चराहरूको लागि यात्रामा विश्राम लिने, प्रशस्त आहारा पाइने र जाडो बिताउने ठाउँ पनि हो । संरक्षण केन्द्रका अधिकारीले यहाँ यो वर्षको हिउँदमा हालसम्म ३३४ प्रजातिका चराको अवलोकन तथा अभिलेखीकरण गरिएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका