जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया

प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया

काठमाडौं – असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन् ।

भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए ।

भेटमा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको भन्दै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे ।

गैरआवासीय नेपाली सङ्घ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका