जोडिनुहोस

खेलकुद

पीएम कपमा आज एक खेल हुदै

पीएम कपमा आज एक खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुदै छ । आज टियु मैदानमा कर्णाली प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ ।

प्रतियोगितामा कर्णाली प्रदेशले आफ्ना ३ खेलमा २ जित र एक हार बेहोर्दै ४ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ भने मधेश प्रदेशले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गर्दै सातौ स्थानमा रहेको छ ।

त्यस्तै अहिलेसम्म पीएम कपमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर ४ अंकसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेशले ५ खेलमा ३ खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३(३ खेलमा २(२ खेल जितेर ४(४ अंकसहित चौथो र पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र आठौ स्थानमा छ भने गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।

गण्डकीले अहिलेसम्म खेलेका आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका पाँचै खेलमा हार बेहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका