Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

नेपालद्वारा युगान्डालाई ९८ रनको लक्ष्य

काठमाडौं । नेपालले चौंथो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डालाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै ९७ रन बनायो । मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको हो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाईन् । यस्तै सिता राना मगर ११ रनमा आउट भईन भने डोली भट्टले ६ रन जोडिन् ।

अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १/१ रनमा आउट भईन् । युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हात पारिन् । सराह एकिटेङले २ विकेट लिईन् ।

नेपाल आज युगान्डालाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपाल सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ ।

पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ । बिहीबार नेपाललाई ६ विकेटले हराएर युगान्डाले सिरिज दुई खेल अगाबै जितेको हो ।

यता, युगान्डा भने नेपाललाई लगातार चौंथो खेलमा हराउने योजनामा रहेको छ । युगान्डा नेपालविरुद्ध क्लिन स्विप गर्ने योजनामा रहेको छ । त्यसैले युगान्डा चौंथो खेलमा पनि जित निकाल्न चाहन्छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।