Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

युगान्डामाथि नेपालको पहिलो जित

काठमाडौं । नेपालले पाहुना टोली युगान्डाविरुद्धको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन जोडिन् । रिता न्यान्गेन्डो र इभ्लिन एनिपोले समान १६/१६ रन जोडिन् । केभिन विनोले ११ रन बनाईन् ।

नेपालकी हिरन्मायी रोयले दुई विकेट लिईन् । रोयले डेब्यु खेलमै विकेट लिएकी हुन् । यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिईन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो । मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाईन् ।  यस्तै सिता राना मगर ११ रनमा आउट भईन भने डोली भट्टले ६ रन जोडिन् ।

अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १/१ रनमा आउट भईन् । अश्मिना कर्माचार्य ६ तथा डेब्यु खेलाडी हिरन्मयी रोय सुन्य रनमा आउट भईन् ।

कविता कुँवर ६ रन अविजित रहिन् ।

May be an image of 5 people and people standing

युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हात पारिन् । सराह एकिटेङले २ विकेट लिईन् ।

यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३-१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।