Sun Jul 3 2022
मुख्य खबर

बलात्कार आरोपीतलाई कारवाहीको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा समेत प्रर्दशन

बलात्कार आरोपीतलाई कारवाहीको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा पनि प्रर्दशन भएको छ ।

वीरेन्द्रचोकमा भेला भएका युवायुवतीले पीडितलाई तत्काल न्याय दिन र दोषीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बलात्कारीलाई सजाय देउ, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।