Sun Jul 3 2022
आर्थिक

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डौ । हप्ताको पहिलो दिन आज फेरि सुनको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ।

अस्ति पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।

यस्तै, आज चाँदीको मूल्य  भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।