काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा शानदार जित निकालेको छ ।
च्याम्पियन बनिसकेको पीएसजीले शनिबार राति मेट्जलाई ५-० ले हराउँदै सिजनको अन्तिम खेलमा शानदार जित निकालेको हो ।
पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।
खेलको २५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ३१ औं मिनेटमा नेयमारले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
खेलको ५० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-० ले अघि रह्यो ।
खेलको ५८ औं मिनेटमा ट्राओरेले रातो कार्ड पाएपछि मेट्ज १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए ।
पीएसजीका लागि डी मारियाले अन्तिम खेलमा गोल गरेका हुन् । उनले पीएसजीका लागि अन्तिम खेल खेलेका हुन् ।
यस शानदार जितसँगै पीएसजीले उपाधि ट्रफी हात पारेको छ ।
पीएसजीले उपाधि भने ४ खेल बाँकी हुँदै जितेको थियो । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।
पीएसजीले यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो । रेलिगेसनमा परेको मेट्जले ३१ अंक जोड्यो ।