पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन्।
आचार्यलाई एमालेका कृष्णबहादुर थापाले पछ्याइरहेका छन्। थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ५१ हजार ५८९ मत प्राप्त गरेकी छिन्।
गुरुङकी प्रतिस्पर्धी कांग्रेसकी कोपिला रानाभाटले ४८ हजार ४९२ मत प्राप्त गरेकी छिन्।