जोडिनुहोस
  • होमपेज
  • पार्किङ खोल्न काठमाडौं मल पुगेको नगर प्रहरीविरुद्ध नाराबाजी

पार्किङ खोल्न काठमाडौं मल पुगेको नगर प्रहरीविरुद्ध नाराबाजी

काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको पार्किङ खुला गर्न पुगेको नगर प्रहरीविरूद्ध व्यवसायीहरूले नाराबाजी गरेका छन् । महानगरपालिकाले मलको पहिलो तला खाली गर्न भन्दै सोमबार दिउँसो माइकिङ गरेको थियो, जसको विरोधमा व्यवसायीहरुले नगर प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् ।

कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा पार्किङका लागि स्थान बनाउनुपर्ने भन्दै महानगरले ताकेता गरेको थियो । मलका तर्फबाट कानुन व्यवसायीहरुले २६ पुसमा उच्च अदालत पाटन इजालसबाट अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए । उक्त आदेश कायमै रहेको बेला महानगरपालिकाका नगर प्रहरी काठमाडौं मलको भुइँ तला खाली गर्न पुगेपछि व्यवसायी आक्रोशित भएका हुन् ।व्यवसायीहरुको चर्को विरोधपछि नगर प्रहरीको टोली पछाडि हटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका