जोडिनुहोस
  • होमपेज
  • अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ  मन्त्री शर्मा

अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ  मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छिन् । सोमबार विज्ञापन बोर्डद्वारा आयोजित ‘रेडियो टेलिभिजनको व्यावसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताइन् ।

विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको उनले बताइन् । ‘अब यसबाट धेरै सुधार आउने विश्वास छ,’ उनले भनिन् । मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौं बजेट विनियोजन हुने गरे पनि बीच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताइन् ।

‘अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्ट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो,’ उनले भनिन्, ‘विज्ञापन एजेन्सीमार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशतबाहेक बाँकी बजेट सम्बन्धित मिडियामा जाने छ । यसमा कडाइ गर्न बोर्डलाई निर्देशन दिइसकिएको छ ।’ अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको भन्दै मन्त्री शर्माले विज्ञापन बजार र मिडिया क्षेत्र त्यसबाट अछुतो नरहने उल्लेख गरिन् । ‘अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ,’ उनले भनिन्, ‘त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन्, त्यति विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भइराखेको छ ।’

उनका अनुसार सम्बन्धित मिडियाले ऐनबमोजिम सेवा सुविधा पाएको कुरा, तोकिएको पारिश्रमिक दिन नसक्दा श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच द्वन्द्व भएको देखिन्छ । समग्र विज्ञापन बजार स्वस्थ र पारदर्शी बनाउँदै यसको दायरा फराकिलो पार्न राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि मन्त्री शर्माले जानकारी दिइन् । विज्ञापन बजार व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडियासमेत बलियो हुने मन्त्री शर्माको विश्वास छ ।

‘हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्नेबारे बाटो खोज्दै छौं । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन, अरू के–कस्ता समस्या छन् भन्नेमा तपाईंहरू भुक्तभोगी हुनुहुन्छ,’ मन्त्री शर्माले भनिन्, ‘विज्ञ साथीहरू आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने विश्वास लिएको छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका