Sun Jul 3 2022
देश

ट्याक्टरको ठक्करबाट भारतीयको मृत्यु

रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका धरहरी  गाेनाही सडकखण्डमा भएको दुर्घटनामा भारत बिहार घोडसहनका जितेन्द्र साह कलवारको मृत्यु भएको हो ।

बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकल र विपरीत दिसा बाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्र्याक्टर गए राती एक आपसमा ठाेक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका कलवारकाे गरुडा स्थित  ग्रण्डी हाेस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल  गौर पठाइएको इलाका  प्रहरी कार्यालय गरुडाले जनाएको छ।