Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

मिलानलाई सिरी ए को उपाधि

काठमाडौं । एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै मिलान च्याम्पियन बनेको हो।

मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले १९ औं पटक लिगको उपाधि जितेको हो । मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई गोल गरे ।

खेलको १७ औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ३६ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए । यस जितसँगै मिलानले ३८ खेलमा ८६ अंक जोड्यो ।

मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा रह्यो ।