जोडिनुहोस
  • होमपेज
  • नेपालले पाकिस्तानलाई दियो १ सय ९८ रनको लक्ष्य

नेपालले पाकिस्तानलाई दियो १ सय ९८ रनको लक्ष्य

आईसीसी यू १९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।

नेपालका लागि विपिन रावलले ६८ बलमा ३९ रन बनाए भने दिपक डुम्रेले ५८ बलमा २६ रन बनाए । त्यसैगरी, कप्तान देव खनालले ३७ बलमा २३ रन जोड्दा सुवास भण्डारीले २४ बलमा २० रन बनाए । पाकिस्तानका अराफात मिन्हासले तीन तथा उबैद शाह र अहमद हुसेनले समान दुई विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका