Sun Jun 26 2022
देश

सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने बताएकी हुन् ।

हाल विभिन्न प्रदेशबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएपनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

सरकारले सवारी चालक अनुमतिपत्रको वितरण सहज बनाउन नसक्दा केही महिनायता अनुमतिपत्र वितरणको काम रोकिएको छ । अनुमतिपत्रका लागि आवदेन दिएकाहरुको पनि लिखित तथा प्रयोगात्मक परीक्षा हुन सकेको छैन ।