जोडिनुहोस

देश

ढोडे गोकुल ‘मिल’ चरा

ढोडे गोकुल ‘मिल’ चरा

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा देखिएको ढोडे गोकुल चरा । यो चरा कराउँदा मिल जस्तो आवाज निकाल्ने भएर मिल चरा पनि भन्ने गर्दछन् ।

विश्वमा ११ हजार ३२ प्रजातिका चरा पाइन्छन् । चरा विज्ञहरुका अनुसार नेपालमा विश्वको करिब नौ प्रतिशत अर्थात् आठ सय ८७ प्रजातिका चरा पाइन्छन् । ती चरा हेर्न भनेर विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् । विश्वमै दुर्लभ मानिने ४२ प्रजातिका चरा नेपालमा पाइन्छन् । उत्तरी धु्रवमा हिमपातको शुरुवातसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइ सरी आउने गर्दछन् ।

खासगरी उत्तरी ध्रुवमा हिमपातको शुरुवातसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा वर्षेनि करिब १५० प्रजातिका पर्यटक चरा उत्तरी देश रुस, किर्किस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् । पर्यटक चराहरुमा करिब ५० प्रजाति त बाई पास नेपाल हुँदै भारत, पाकिस्तान र श्रीलंकातिर जाने गर्छन् । पर्यटक चराहरुमध्ये बार हेडेड गुजर अर्थात् खोया हाँस नामक चराले त सर्वोच्च शिखर सगरमाको घुमफिर समेत गर्दछ ।

हिउँदको समयमा आउने पर्यटक चराहरु अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र र कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा आफ्नो गन्तब्य बनाउँछन् । पर्यटक चराहरुले पर्यटन व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा आर्थिक फाइदा नदिए पनि चराको महत्व मानिसको जीवनसँग जोडिएको हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका