Sun Jul 3 2022
अन्तर्राष्ट्रिय

पोखरामा भारत सरकारको सहयोगमा ३ करोड ६३ लाख लागतको विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा रहेको श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । काठमाडौंका लागि कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले मंगलबार उक्त भवन उद्घाटन गरेकी हुन् ।

‘भारत–नेपाल विकास सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु.३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो । यस विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ७५ वटा परियोजनाहरु मध्येको यो एक हो ।
भारतले सन् २००३ यता नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइरहेको छ । जसमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाहरु रहेका छन् ।

हालसम्म नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा भारत सरकारले नेपाल सरकारलाई पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।